Banner

काठमाडौँ । नेपालमा पहिलोपटक विश्वकपका सबै खेलको प्रत्यक्ष प्रसारण हुन लागेको छ । नेपालको इतिहासमा पहिलापटक दुई टेलिभिजन च्यानल नेपाल टेलिभिजन र एभेन्युज च्यानलले विश्वकप फुटबल प्रतियोगिता-२०१० को प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । दुई च्यानलले प्रसारण अधिकार पाएको पनि यो पहिलोपटक हो । एनटीभी र एभिन्युजले पहिलोपटक विश्वकपअन्तर्गत खेलिने ६४ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नेछन् । नेपालका लागि विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार मिडिया हबले खरिद गरेको छ । मिडिया हबले नेपाल टेलिभिजन र एभिन्युजसँगको सहकार्यमा नेपालका फुटबलप्रेमीलाई विश्वकप फुटबलको स्वाद पस्किनेछ । मिडिया हबले विश्वकप प्रत्यक्ष प्रसारणका लागि करिब चार करोड रुपियाँ लगानी गरेको बताएको छ ।

मिडिया हबका कार्यकारी निर्देशक सोमप्रसाद धितालले सबै केबल अपरेटरले विश्वकपको समयमा अनधिकृत प्रसारण रोक्न जमर्को गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलिभिजनका महाप्रबन्धक विश्वप्रकाश मास्केले टेरेस्टि्रयल माध्यममा नेपालका कुनाकाप्चामा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिए । सन् १९८६ देखि नेपाल टेलिभिजनले विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्दैआएको छ । यसैगरी एभिन्युजका कार्यकारी अध्यक्ष भास्कर कर्णिकारले फुटबल प्रसारणको अधिकारी खरिद गरेर सामाजिक उत्तरदायित्व वहन गरेकोमा मिडिया हबलाई बधाई दिए । एभिन्युजले ६४ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

यसैगरी केबल टिभी सङ्घका अध्यक्ष मनराजा रञ्जितले गैरकानुनी तवरले प्रसारण हुने टिभी च्यानलले विश्वकपको समयमा रोक्ने खुलासा गरे । सो समारोहमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष गणेश थापाले विश्वकपको समयमा सरकारले बत्ती नजाने व्यवस्था गर्नुपर्ने धारणा राखे । नेपालका प्राइभेट टिभी च्यनल घरेलु फुटबलको प्रत्यक्ष प्रसारणमा पनि अग्रसर बन्नु अहिलेको आवश्यकता हो -अध्यक्ष थापाले बताए ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »