शुक्रवार, 11 जून 2010 20:33
काठमाडौं - दक्षिण अफ्रिकाको जोहानेशबर्गमा भव्य कार्यक्रमबीच 'विश्वकप फुटबल-२०१०' सुरु भएको छ । ९४ हजार दर्शक क्षमताको सकर सिटी रंगशालामा विभिन्न कलाकारहरुले संगीत तथा झाँकी देखाएपछि विश्वकपको १९ औं संस्करण सुरु भएको हो । उदघाटन जस्तै समापन पनि जोहानेसवर्गस्थित सकर सीटी रंगशालामा हुनेछ । उदघाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाले खेलेका छन् ।
दक्षिण अफ्रिकाले विश्वकप आयोजनाका लागि ९ सहरमा दस रंगशाला तयार पारेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अफ्रिकामा २०१० को आयोजना गर्ने घोषणा आठ वर्षअघि गरेको थियो । त्यसमा दक्षिण अफ्रिकाले मोरक्को र इजिप्टलाई पछि पार्न सफल रह्यो । विश्व फुटबल नयाँ महारथी बन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । कुल २ सय ४ राष्ट्रले दक्षिण अफ्रिकी यात्राका लागि प्रयास गरेका थिए । दक्षिण अमेरिकाका ५, उत्तर अमेरिकाका ३, ओसियानाका १, अफ्रिकाका आयोजकसहित ६, युरोपका १३ र एसियाका ४ टिम सहभागी छन् । एसियाको प्रतिनिधित्व अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया र जापानले गर्नेछन् ।
Add comment