Banner

काठमाडौं । तीन पटकको विश्वकप विजेता जर्मनीलाई हराउदै स्पेन पहिलोपल्ट विश्वकपको फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम सेमीफाइनल खेलमा जर्मनीलाई १-० गोलले हराउँदै स्पेन फाइनल प्रवेश गरेको हो ।

 

खेलअवधिभर जर्मनीलाई दबाबमा राखे पनि स्पेनले पहिलो हाफसम्म गोल गर्न सकेको थिएन । दोश्रो हाफको २७ औं मिनेटमा स्पेनका कार्लेस पुयोलले गरेको गोल नै निर्णायक बन्यो । स्पेनले फाइनलमा बुधबार बिहानको विजेता नेदरल्याण्ड्ससँग आइतबार प्रतिष्पर्धा गर्नेछ ।

विश्वकप दाबेदार अर्जेन्टिनालाई ४-० को फराकिलो अन्तरले हराएको जर्मनीले सेमीफाइलनमा भने उत्कृष्ठ प्रदर्शन गर्न सकेन ।
जर्मनी र स्पेनबीच यसअघि युरोकपको फाइनलमा भेट भएको थियो । युरोकपमा स्पेनले १-० को कठीन जीत हात पारेको थियो ।
विश्वकपको पहिलो सेमीफाइनलमा बुधबार बिहान उरुग्वेलाई २-३ ले हराउँदै नेदरल्याण्ड फाइनल प्रवेश गरेको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »