Banner

जोहानेसबर्ग - स्पेन विश्वकपको नयाँ विजेता बनेसँगै अक्टोपस 'पल' को सबै भविष्यवाणी आइतबार राति सही सावित भएको छ । उसले स्पेनले विश्वकप जित्ने भविष्यवाणी गरेको थियो ।आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ ।

उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो । इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजिकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे । दुई युरोपेली टिमबीचको फाइनलमा इनेस्टाले दायाँ खुट्टाको शक्तिशाली प्रहार मदतले निर्णायक गोल गरेका हुन् । युरोपेली देशले विश्वकप जितेको यो दसौं अवसर हो । बाँकी नौ संस्करण दक्षिण अमेरिकी टिमले जितेका छन् ।

स्पेनी टिमको प्रभुत्व रहेको खेलमा इंग्ल्यान्डका रेफ्री हवार्ड वेबले सुरुआती ९० मिनेटमा नौ पहेंलो कार्ड देखाएका थिए । अतिरिक्त समयको दोस्रो हाफमा डच डिफेन्डर जोन हेटिङ्गाले दोस्रो पहेंलो कार्डसँगै मैदान छाडे । स्पेनले विश्वकप फाइनल खेलेको पनि यो पहिलो हो । स्पेन दुई वर्षअघि युरोपेली विजेताका रूपमा दक्षिण अफ्रिका आएको थियो ।

स्पेन विश्वकप जित्ने आठौं देश भएको छ । विश्वकप इतिहासमा १३ औं पल्ट खेलिरहेको स्पेनको यसअघिको उत्कृष्ट प्रदर्शन सन् १९५० मा चौथो स्थानमात्र हो । सन् १९७४ यता स्पेनले सबै विश्वकप संस्करण खेले पनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । नेदरल्यान्ड्सले अन्तिम मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो ।

नेदरल्यान्ड्स विश्वकप फाइनलमा हारेको यो तेस्रोपल्ट हो । यसअघि नेदरल्यान्ड्स सन् १९७४ मा पश्चिम जर्मनी र सन् १९७८ अर्जेन्टिनासँग पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन सकेन । त्यसमा डच फरवार्ड आर्जेन रोबेनले दुई सुन्दर अवसर गुमाएका थिए । त्यो नै नेदरल्यान्ड्सको दुर्भाग्य रह्यो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »