हप्तौ बित्यो अझै बेखबर
जापानमा हराए नेपाली छात्रा । सुविन श्रेष्ठ (ललितपुर) । घरपरिवारमा खुशी हराएको सात हप्ता बितिसकेको छ । जापानी भाषा अध्ययनका लागि जापान गएकी पुल्चोक - ३ का सबिना महर्जनको कुनै खबर नआएकोले महर्जन परिबार थप चिन्ताग्रस्त छ । सम्बन्धित निकायको पहल लगायत जापानकै चिनेजानेकालाई गुहार्दा समेत सबिना एकाएक सम्पर्कविहिन हुनुको रहस्य अझै खुलेको छैन ।
जापानमा हराए नेपाली छात्रा
अप (ललितपुर) । जापानको फुकुओकामा रहेको एशिया जापानिज एकेडमीमा दुई वर्षे अध्ययनका लागि गएकी २१ वर्षीय सबिना महर्जन हाल परिवारबाट सम्पर्कबिहिन अवस्था छन् । परिवारले सबिनासँग अन्तिमपल्ट भदौ १० कुराकानी गरेको बताएको छ भने उता एकेडेमीले भदौ १५ गते सबिना अध्ययनका लागि एकेडेमी नआएको र उनी बस्ने कोठामा समेत नरहेको जानकारी गराएको सबिनाका बुबा सानुलाल महर्जनले अनलाईन पत्रिकालाई जानकारी दिनुभयो ।
जापान सरकारको प्रहरी तथा सम्बन्धित निकायमा तत्काल यस घटनाका बारेका खोजी गरिदिन परराष्ट्रलाई निवेदन समेत राखियो । मन्त्रालयमा आग्रह सहित बुझाईएको पत्रको अन्तिममा छोरी जापानमा अपहरणमा परेको हो वा अन्य गलत कि्रयाकलापमा भएको भएपनि जापान सरकारको प्रचलित ऐन कानुन बमोजिम आवश्यक कार्वाही लिन अनुरोध गरेको छ । यो घटनालाई सक्दोचाँडो राज्यस्तरबाट जापान सरकारमा पत्राचार गरि उद्धार गर्नपनि आग्रह गरिएको छ ।
बुबा सानुलाल महर्जनको यो आग्रह सहित अश्विन ४ मा मन्त्रालयमा पत्र बुझाएका थिए । यसभन्दा अघि महर्जनले सबिना सम्पर्क नरहे लगतै भदौ १७ मा जापानस्थित एकेडमीमा तत्काल खोज्न आग्रह सहित पत्र पठाएका थिए भने त्यसको दुई दिन नबित्दै जापानी दूतावासमा खोज्न पहलका लागि अनुरोध गरेका थिए ।
खोजीको आग्रह सहित मन्त्रालयलाई बुझाएको पत्रको प्रगति जवाफ १६ दिन पछिमात्र बुबा सानुलालले पाए । मन्त्रालयले जापानस्थित नेपाली नियोगबाट प्राप्त प्रगति विवरणबाट महर्जन सन्तुष्ट भने छैनन् ।
मन्त्रालयको ढिलो पहलमा दुख मानेका सानुलालले मन्त्रालय लगायत चिनेजानेका विविध माध्यमबाट खोजीका लागि अनुरोध गरे । तरपनि आजको दिनसम्म कुनै यथार्थ खबर आउन सकेको छैन । यता एकेडमीबाट आधिकारिक रुपमा कुनै पत्र नपठाईएको गुनासो गर्दे एकेडमीका नेपाली निर्देशक धर्मराज अधिकारीसँग फोन सम्पर्क भईरहेको बताए । तरपनि यथार्थ कुरा बाहिर आउन नसकेकोले सानुलाललाई कुनै ठूलो अकल्पनीय दुर्घटना भएको वा गराईएको हुनसक्ने शंका गरेका छन् ।
बुबा सानुलाल प्रत्येक दिन मन्त्रालयसँगको सम्पर्क टुटाएका छैनन् । उनको मन्त्रालयसँगको अनुरोध लगायत उनलाई सहयोगको रुपमा जापानी भाषाका प्रशिक्षक अनोज शाक्य डिआईजी सिंह बहादुर श्रेष्ठ र स्वतन्त्र पत्रकार सुविन श्रेष्ठमात्र नरहेर टोलका अन्य प्रमुख व्यक्तिहरुले सघाउँदै आएको सानुलालले बताए । हप्तौसम्म बेखबर रहेको अबस्थामा कुनै ठूलो दुर्घटना भएको आशंका समेत परिवारले गरेको छ । सम्बन्धित निकाय लगायत चिनेजानेकाको सहयोगमा जापानमा खोजी तीब्र बनाईएको छ भने चाँडै सत्यतथ्य खबर बाहिर आउनेमा बुबा सानुलाल विश्वस्त हुनुहुन्छ । कुने घटना गराईएको भएपनि सत्यतथ्य बाहिर नआएसम्म कोही कसैलाई शंका गरिनु जायज नदेखिएको यस अभियानमा सहयोग गर्दे आएका डिआईजी सिंहले बताउनुभयो ।


पुरा समाचार पढेँ, तर खै उनी ललितपुरको कुन क्षेत्र कि हुन् भन्ने नै थाहा भएन ।