आइतवार, 27 जून 2010 15:38
अमेरिका । अमेरिकाकी पूर्व उपराष्ट्रपति डिक चेनी अस्वस्थ्य हुनुभएको छ। उहाँलाई स्वस्थ्य उपचारका लागि जर्ज वाशिंगटन यूनिभर्सिटि अस्पताल भर्ना गरिएको छ ।
चिकित्सकको सल्लाह अनुसार उहाँलाई एक हप्ता अस्पताल राख्नुपर्नेछ। ६९ वर्षीय रिपब्लिकन नेता चेनी ह्रदयघातको समस्याबाट पिडित हुनुहुन्छ । चेनीलाई गत फेब्रुअरीमा पनि ह्रदयघात भएको थियो। चेनी पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशको शासनकालमा उपराष्ट्रपति हुनुहन्थ्यो ।