Banner

जर्मनी । डुइसवर्ग शहरमा आयोजना गरिएको एक सांगितिक कार्यक्रममा भाग दौड हुदा च्यापिएर १८ जनाको मृत्यु भएको छ । लव परेड नाम दिइएको त्यस सांगितिक कार्यक्रममा सहभागि हुन गएका युवा युवतीहरुबीच प्रवेशद्धारमा एक्कासी भागदौड भएको थियो ।

१४ लाख सहभागि हुने अनुमान गरिएको पुरानो रेल्वे स्टेसनमा आयोजित कार्यक्रममा ठूलो संख्यामा युवा युवतीहरु गएको त्याहांको प्रहरीले जनाएको छ । सांगितिक कार्यक्रम शुरु भएपछि केही दर्शकहरु नाचगान गरिरहेका बेला बाहिर गेटमा एक्कासी भागदौड मच्चिएको थियो ।

भागदौड मच्चिएपछि त्यसमा किचिएर र च्यापिएर १८ जनाको मृत्यु भएको र ८० भन्दा बढि घाइते भएको प्रहरीले जनाएको छ । भागदौड मच्चिएपछि सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको थियो । घट्नामा प्रति दुख ब्यक्त गर्दै जर्मन चान्सलर एन्जील मार्केलले समवेदना पठाउनुभएको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »