Banner

इस्लामावाद, साउन १२ गते । पाकिस्तानमा भएको विमान दुर्घटनामा १५२ जनाको मृत्यु भएको छ । मारिनेमध्येमा दुईजना अमेरिकी नागरिक पनि परेको पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अमेरिकी दूतावासले जनाएको छ । बुधबार भएको सो दुर्घटनामा चालक दलका सदस्यसहित विमानमा रहेका सबै १५२ जना यात्रुको मृत्यु भएको हो ।

 

दूतावासका प्रवक्ता रिचार्ड स्नेलसरले दुई अमेरिकी नागरिक सो दुर्घटनामा परेको जानकारी दिएको इस्लामावादबाट प्राप्त खबरमा जनाइएको छ । तर ती को हुन् भन्नेबारेमा भने कुनै जानकारी नदिइएको पनि समाचारमा उल्लेख छ । सो दुर्घटनाको कारण अहिलेसम्म पनि थाहा हुन सकिरहेको छैन ।

तर पहाडी इलाकाले घेरिएको पाकिस्तानको राजधानी इस्लामावाद बुधबार बिहानैदेखि बादल लागेको र पानी परिरहेकाले मौसम नै सो दुर्घटनाको कारण हुनसक्ने बताइएको छ । उद्धार टोलीले सबै १५२ जनाको शव फेला पारिसकेको बताइएको छ । एपी

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »