
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडाैं । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij