
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जैशिदेवल युथ क्लवले आयोजना गर्न लागेको प्रदेशस्तरिय तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लवका पदाधिकारीहरुलाई टि–सर्ट हस्तान्तरण गरेको छ ।
क्लवका अध्यक्ष राजेश प्रजापतिलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो टि–सर्ट हस्तान्तरण गरेका हुन् । यस क्लवलाई विगत बर्षहरुमा समेत निरन्तर सहयोग गर्दै आएको बैंकले जनाएको छ ।
बैंकले 'निरन्तर सहयात्रा' भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
यसका साथै, बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले मुद्दती खातामा 'मासिक' रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij