Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सानिमा माइ हाइड्रोपावरको बढ्यो नाफा

सानिमा माइ हाइड्रोपावरको बढ्यो नाफा

  • काठमाडौं । सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढी नाफा भएको हो ।

    images
    images
    images

    कम्पनीले गत वर्षको पहिलो त्रैमासमा २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले विद्युत् बिक्रीबाट ३ महिनामा ३२ करोड ९८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा यस्तो आम्दानी ३२ करोड १७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समीक्षा अवधिमा ४५ पैसा बढेर ७ रुपैयाँ ९७ पैसा छ ।

    सम्पत्तिमा प्रतिफल (आरओए) ३.७६ प्रतिशत छ । त्यस्तै नेथवर्थ १६४ रुपैयाँ १७ पैसा छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको बजार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij