
Jul 20 2025 | २०८२, साउन ४ गते
ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । बज्राचार्यको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । २०२७ सालमा बज्राचार्य तत्कालीन ललितपुर नगरपालिका वडा नंं. १७ को वडाध्यक्ष हुनुभयो । २०३२ सालमा पहिलोपटक ललितपुर नगरपालिकाको प्रधानपञ्च भएपछि प्रधानपञ्चको रूपमा लगातार ११ वर्ष काम गर्नुभयो । २०४६ सालमा पुनः प्रजातन्त्र आएपछि एमालेबाट उनी २०५४ देखि २०५९ सालसम्म ललितपुरको नगरप्रमुखको रुपमा जिम्मेवारी पूरा गर्नुभयो । २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट पुनः नगरप्रमुख मनोनीत हुनुभएका वज्राचार्य तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट मनोनीत भएर २०६० सालमा ललितपुरको नगरप्रमुख हुनुभयो । २०६१ सालमा राजा ज्ञानेन्द्रले अफ्नै नेतृत्वमा गठन गरेको मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त समेत हुनुभयो ।
पाटनको कला संस्कृति तथा बौद्ध परम्पराका अग्रज व्यक्तित्व बज्राचार्य यशोधर महाविहार बुबहालको चक्रेश्वर आजु हुनुहुन्थ्यो भने बौद्ध बिहार संघको पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । बज्राचार्यको श्रीमती, २ छोरा र १ छोरी हुनुहुन्छ । बज्राचार्यको कान्छा छोरा अमेरिकाबाट आइतबार विहान आएपछि अन्तिम श्रद्धाञ्जली अर्पण गरी सतगत गरिनेछ । त्यसअघि पार्थिव शरीरलाई बिहान निवासमा र त्यसपछि बौद्ध विहारमा श्रद्धाञ्जलीका लागि राखिने परिवार सोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij