
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडाैं । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर (MLS) अन्तर्गतको खेलमा एनवाई रेड बुल्सलाई एकतर्फी नतिजामा पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले रेड बुल्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो ।
इन्टर मियामीको जितमा स्टार खेलाडी लियोनेल मेसी र टेलास्को सेगोभियाले २–२ गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै, डिफेन्डर जोर्डी अल्बाले पनि एक गोल गर्दै टोलीको जितमा योगदान दिए ।
रेड बुल्सका लागि भने अलेक्जेन्डर ह्याकले एक मात्र सान्त्वना गोल गरेका थिए ।
यो जितसँगै इन्टर मियामीले इस्टर्न कन्फेरेन्सको अंक तालिकामा २१ खेलबाट ४१ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । उता, एनवाई रेड बुल्सले २४ खेलबाट ३३ अंक बटुलेको छ ।
मेसीको उत्कृष्ट प्रदर्शनसहित इन्टर मियामीको जितले टोलीको प्लेअफ सम्भावना बलियो बनाएको विश्लेषकहरूले जनाएका छन् । मियामीको आक्रमण र समन्वय पछिल्ला खेलहरूमा प्रभावशाली देखिँदै गएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij