Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

किम जोङ–उनले बनाए जासुसी उपग्रह

किम जोङ–उनले बनाए जासुसी उपग्रह

  • उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् । उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ–उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ ।

    images
    images
    images

    समाचार एजेन्सी एएफपीका अनुसार मङ्गलवार किम जोङ–उनले आफ्ना सैन्य अधिकारीसँग भने, ‘देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्म पूरा हुनेछ, यसलाई योजना अनुसार छोड्न सकिनेछ ।’ उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताए ।

    images

    कोरियाले ठोस इन्धन अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासुस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij