Logo

Jul 19 2025 | २०८२, साउन ३ गते

Jul 19 2025 | २०८२, साउन ३ गते

आज मनमोहन अधिकारीको २४ औं स्मृति दिवस

आज मनमोहन अधिकारीको २४ औं स्मृति दिवस

  • काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २४ औं स्मृति दिवस बुधबार मनाइँदैछ । स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।

    images
    images
    images

    नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो । वि.सं. १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मिनु भएका अधिकारी सरल, शालीन र सादगी जीवन बिताउने नेताको रुपमा पनि चिनिनुहुन्छ ।

    images

    २०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफैं बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरु सुरू गरेको थियो । अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरू अहिले पनि जनताले स्मरण गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij