Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

हिक्मत बहादुर बने काठमाडौं होस्टल व्यवसायीका कमाण्डर

हिक्मत बहादुर बने काठमाडौं होस्टल व्यवसायीका कमाण्डर

  • काठमाडौं । होस्टल व्यवसायी संघ नेपाल काठमाडौं जिल्ला कार्यसमितिको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। उक्त साधारणसभाले हिक्मत बहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    hostel kathmandu.jpg

    AGNI GROUP

    कार्यसमितिको उपाध्यक्षमा प्रभात बास्तोला, सचिवमा जुनु ढकाल, सहसचिवमा दिनेश बराल, कोषाध्यक्षमा डम्बर जोशी निर्वाचित भएका छन् । साथै, सदस्यहरुमा ओम प्रकाश अधिकारी, रमिता श्रेष्ठ, कमला भट्टराई, अर्जुन केसी र भोलाराम भण्डारी निर्वाचित भए । भर्खरै मात्रै होस्टल व्यवसायी संघको कास्की शाखा गठन भइसकेको छ । 

    होस्टल व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष सुनिल भेटवालले होस्टल व्यवसायलाई मर्यादित बनाउन सबै व्यवसायीहरु एकजुट हुनुपर्ने धारणा राख्दै भन्नुभयो, ‘महानगरले जारी गरेको नयाँ नियम र कानुनलाई अक्षरंश पालना गरेर होस्टल व्यवसायलाई उदाहरणीय व्यवसायको रुपमा अघि लान सकिन्छ ।’ 

    May be an image of 3 people and text

    होस्टल व्यवसायी संघ ललितपुर जिल्ला कार्यसमितिकी अध्यक्ष सिन्धु मल्लले होस्टल व्यवसायभित्रको अस्वच्छ प्रतिस्पर्धालाई रोक्नुपर्ने धारणा राख्नुभयो । 

    काठमाडौं जिल्ला अधिवेशनका लागि प्रमुख निर्वाचन आयुक्त केन्द्रिय सचिव देवराज कँडेल, निर्वाचन आयुक्तहरुमा ललितपुर जिल्लाकी सहसचिव सपना ठकुरी तथा बुद्धनगर क्षेत्रिय कमिटिका संयोजक भक्तिराम अधिकारी हुनुहुन्थ्यो । 

    May be an image of 11 people, people smiling, flute, temple and text

    कार्यक्रमका प्रमुख अतिथि हुनुभएका वडा नं. १० का वडाध्यक्ष रामकुमार केसीले होस्टल व्यवसायभित्र मौलाएको किनबेचको गलत धन्दामा निगरानी राखिएको बताउँदै भन्नुभयो, ‘पारदर्शी ढंगबाट होस्टल व्यवसाय चलाउनुस्, हामी सहयोगी बन्न तयार छौं ।' 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट