Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो।
यही साउन १४ गते विद्युत् महसुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिँदै मादी नगरपालिका–४ ओखरबोटका लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूले शाखा कार्यालय मादीका इन्चार्ज राजकुमार र ओजेटिमा खटिएका विद्यार्थीमाथि कुटपिट भएको थियो।
कार्यालय परिसरमा प्रवेश गरेर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको संगठन निजामतीका जिल्ला अध्यक्ष भोलामान राईले जानकारी दिए। कार्यालय परिसरभित्रै पसेर राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरिनु दुःखद् भएको र यस्ता हर्कतले कर्मचारीको मनोबल कमजोर भई सेवा प्रवाहमा गम्भीर असर पर्ने उनले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij