Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पहिरोमा परी ज्यान गुमाएका ११ परिवारलाई राहत वितरण

पहिरोमा परी ज्यान गुमाएका ११ परिवारलाई राहत वितरण

  • काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका परिवारलाई रु दुई लाख उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। 

    AGNI GROUP

    ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमा नै पुगेर उपलब्ध गराएको उनको भनाइ छ। बरालले सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति बनाएको र सोही प्रदान गरेको बताए। 

    बडिगाड–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौजनाको ज्यान लिएको थियो। एक बालक अझै बेपत्ता छन्। पहिरोमा पुरिएर १० जना घाइते भएका थिए। गम्भीर घाइते १९ वर्षीया रीमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सोही दिन वडा नं ९ नयाँबस्तीमा पहिरोमा दुईजनाको ज्यान गएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij