
Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा धेरै रहेको देखिएको छ ।
क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०८०-८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबर रहेको पाइएको हो । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो । यसअघि आव २०७९-८० मा कम्पनीको यस्तो आय २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
सन १९८६ मा सञ्चालन भएको सूर्य नेपाल प्रालिमा यसको होल्डिङ कम्पनी आइसीटि लिमिटेड इन्डियाको समेत ५९ प्रतिशत शेयर रहेको छ । यसबाहेक करिब ३९ प्रतिशत शेयरमा नेपाली व्यक्तिगत तथा संस्थागत शेयर धनीहरुको समुह छ र बाँकी २ प्रतिशत ब्रिटिश अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेड बेलायतको स्वामित्वमा रहेको छ । सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा ठूलो नीजि क्षेत्रको उद्योग हो ।
यो कम्पनी हाल नेपालमा चुरोट, अगरबत्ती र ब्रान्डेड प्याकेज गरिएका खानाको व्यवसायमा संलग्न छ । कम्पनीले सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड नामक पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी समावेश गरेको छ, जुन धूपबत्ती (अगरबत्ती) को उत्पादन र बिक्रीमा संलग्न छ ।
कम्पनीसँग बलियो होल्डिङ कम्पनी आइसीटी लिमिटेडबाट प्राप्त क्षमता र विशेषज्ञता छ । सन् १९१० मा स्थापित आइसीटि लिमिटेड इन्डियाको भारतको अग्रणी निजी क्षेत्रको कम्पनीहरू मध्ये एक हो । जसको उत्पादन र सेवाहरूको बिक्रीबाट कुल राजस्व आव २०२५ मा लगभग भारु ७३४.६५ बिलियन रहेको छ ।
यस कम्पनीको निर्देशक बोर्डको समग्र मार्गदर्शनमा व्यावसायिक रूपमा व्यवस्थित कम्पनी हो । सूर्य नेपालको अध्यक्ष रहेका संजीब पुरी आइसीटीका समेत अध्यक्ष र प्रबन्ध निर्देशक हुन् । भारतीय प्रविधि संस्थान, कानपुर र व्हार्टन स्कूल अफ बिजनेसका पूर्व विद्यार्थि समेत रहेका पुरीसँग व्यवस्थापनको क्षेत्रमा उच्च अनुभव रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij