
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको शनिबार निधन भयो । उनी विगत २० वर्षदेखि कोमामा थिए । उनलाई ‘स्लिपिङ प्रिन्स’ भनेर चिनिन्थ्यो ।
राजकुमार अल वालिद साउदी शाही परिवारका वरिष्ठ सदस्य राजकुमार खालिद बिन तलालका छोरा र अर्बपति राजकुमार अल वालिद बिन तलालका भतिजा थिए । उनको जन्म अप्रिल १९९० मा भएको थियो ।
२००५ मा, लन्डनमा सैन्य तालिमको क्रममा उनको भयानक सडक दुर्घटना भयो । यस दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लाग्यो र आन्तरिक रक्तस्राव भयो । यसपछि उनी कोमामा गए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij