
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौँ । भारतको केरलाको तिरुवनन्तपुरम विमानस्थलमा एक महिनाभन्दा बढी समयदेखि अड्किएको बेलायती लडाकु विमान अन्ततः मंगलबार उडान भरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, यो बेलायती लडाकु विमान अष्ट्रेलियाको डार्विनको लागि प्रस्थान गरेको हो। यसअघि, जेटलाई सोमबार ह्याङ्गरबाट निकालिएको थियो । जुन १४ मा केरलाको तिरुवनन्तपुरम विमान स्थलमा आपतकालीन अवस्थामा लडाकु विमान एफ-३५ बी अवतरण गरिएको थियो ।
खराब मौसमका कारण,एफ-३५ बी विमानलाई तिरुवनन्तपुरम विमानस्थलमा डाइभर्ट गरिएको थियो । तर यसपछि, प्राविधिक गडबडीका कारण, यो विमान ब्रिटिश रोयल नेवीको विमान वाहक एचएमएस प्रिन्स अफ वेल्समा फर्कन सकेन ।
जुलाईको पहिलो हप्तामा, बेलायती इन्जिनियरहरूको १४ सदस्यीय टोलीले केरलाको तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा अड्किएको बेलायती लडाकु विमानको प्राविधिक गडबडीको अनुसन्धान सुरु गरेको थियो ।
भारतमा विमानको लामो समयसम्म उपस्थितिले यस्तो आधुनिक विमान कसरी यति लामो समयसम्म विदेशी भूमिमा अड्कियो भन्ने प्रश्न उठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij