Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

विश्वकै ‘जेष्ठ कम्युनिस्ट’ नेता विएस अच्युतानन्दनको निधन

विश्वकै ‘जेष्ठ कम्युनिस्ट’ नेता विएस अच्युतानन्दनको निधन

  • काठमाडौं । विश्वकै सम्भवतः सबैभन्दा जेठा कम्युनिस्ट नेता वेलिक्काथुन शंकर अच्युतानन्दनको १०१ वर्षको उमेरमा निधन भएको छ । भारतको केरल राज्यका पूर्व मुख्यमन्त्री समेत रहेका अच्युतानन्दन भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पहिलो पुस्ताका नेता हुन् ।

    images
    images
    images

    द हिन्दूले लेखेको छ–केरलाको राजनीतिमा दशकौंदेखि प्रभावशाली व्यक्तित्व र सीपीआई(एम) का संस्थापक सदस्य, पूर्व मुख्यमन्त्री वेलिक्काकाथु शंकरन अच्युतानन्दन, जसलाई कमरेड भिएस वा केवल भिएस भनेर चिनिन्छ, सोमबार तिरुवनन्तपुरमको एक अस्पतालमा निधन भयो ।

    images

    सन् २०१९ देखि सार्वजनिक जीवनबाट टाढा रहेका जेष्ठ कम्युनिस्ट नेतालाई त्यसबेला स्ट्रोक भएका थिइयो । एक महिनाअघि उनलाई हृदयघात पछि अस्पतालमा भर्ना गरिएको थिया ।

    अच्युतानन्दन १९६४ मा अविभाजित भारतीय कम्युनिष्ट पार्टीबाट बाहिर निस्कने र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) गठन गर्ने ३२ नेताहरू मध्ये एक थिए । उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने केरला सरकारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij