Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

१० जिल्लामा बर्डफ्लु : ५ लाख कुखुरा र ७ लाख अण्डा नष्ट

१० जिल्लामा बर्डफ्लु : ५ लाख कुखुरा र ७ लाख अण्डा नष्ट

  • काठमाडौं । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लाका ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए । 

    AGNI GROUP

    दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरीमा देखिएको बर्डफ्लुपछि  महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासीमा बर्डफ्लु फैलिएको छ । 'यसको उपचार नै छैन । एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु हो  । त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । त्यसैले रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्,' उनले भने । 

    पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुको जोखिममा छ । चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिए ।  

    थप सङ्क्रमण नहोस् भन्न प्रभावित क्षेत्रको सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट भएको करिब दुईमहिना पछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको पनि उनले जानकारी दिए । 

    बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ । लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij