Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेको विषयमा सरकारको दोष देखाएका छन् । सरकारले बाटो राम्ररी मर्मत नगरेकाले आफू मोटरसाइकलबाट लडेको उनको दावी छ ।
उदयपुरको कटारीबाट बेलका जाने क्रममा साम्पाङले आफैँले चलाएको मोटरसाइकल लडेको थियो । उनी सामान्य घाइते भएका थिए । लड्नुअघि साम्पाङले एक हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । लापरवाहीपूर्वक मोटरसाइकल चलाएको भनेर ट्राफिक प्रहरीले उनलाई ५ सय जरिवानासमेत गराएको छ ।
साम्पाङले भने आफूले कुनै जरिवाना नतिरेको दावी गरेका छन् । ट्राफिक प्रहरीले सार्वजनिक गरेको चिट नै फेक हुनसक्ने उनको आशंका छ ।
साम्पाङले फेसबुकमा लेखेका छन्, ‘पैसा चाहिँ आफैंले तिरेछन् कि क्या हो ? यतिसम्म गिरेछन् । पूर्जी जारी गर्नेको नाम पनि एउटै राखेछन्, त्यो पनि लुकाएर बुझिएको छ । फेक‘ । दुम मात्रै हो तिमेरुको ।’
यसैबीच साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई ट्राफिकले चिट नकाटेको बताए ।
तपाईंलाई चिट काटेको हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘छैन । कुन चाहिँ कसुरमा काट्ने हो र चिट रु म सोध्छु नि, म विधायक हो देशको । हावामा फेसबुकमा लेखेर कारवाही त हुँदैन होला ।’
के कारणले तपाईंको दुर्घटना भएको हो भन्ने प्रश्नमा उनले सरकारलाई दोष दिए ।
साम्पाङले भने, ‘ढुंगा रहेछ क्या बाटोमा । बाटोहरु त बिग्रेको छ नि त । सरकारले बनाउनुपर्छ । यसमा ध्यान दिनुपर्यो । ढुंगामा कहिलेकाहीँ लडिँदैन त रु सरकारले बाटो नटालेर यस्तो भएको हो ।
दुर्घटनापछि स्वास्थ्य अवस्था कस्तो छ ?
ह्या‘ त्यो केही होइन नाथे‘ । छ्यासाकछुसुक भइराख्छ । सरकारले गर्दा हो ।
तपाईंले ट्राफिक नियम किन उल्लंघन गर्नुभयो ?
मैले उल्लंघन गरेको के चैँ रहेछ ?
एक हात छोडेर मोटरसाइकल हाँक्नुभएको त हो नि ?
त्यस्ता नाथे‘। दुई हातै छोडेर पनि कुदाइदिन्छु म त । एक दिन ट्राइ गर्ने हो यहाँभित्र ? हाहाहाहा‘। बाइक लिएर आउनु, म दुई हातै छोडेर कुदाइदिन्छु, यहाँदेखि उ त्यहाँसम्म । ह्वीली पनि झण्डै झण्डै गर्छु म हाहाहा‘... । ट्राफिक नियममा एक हातले मोटरसाइकल कुदाउन हुँदैन भनेर लेखिएको रहेछ भने ठिक छ ।
हेल्मेट पनि त राम्ररी नलगाउनुभएको रहेछ होइन ?
हेल्मेट किन नलगाउनु रु फित्ता चाहिँ खुस्केको हो ।
बाइक नै चलाउन नजान्ने मान्छेले देश कसरी चलाउँछ भनेर पनि भनिरहेका छन् नि ?
ढुंगामुढामा ठोक्किएर कहिलेकाहीँ त्यस्तो हुन्छ । ठूलो त्यस्तो हो र रु त्यस्तो ठूलो दुर्घटना भएको भए म यहाँ हुन्थेँ ?
तपाईंले भोलि देशै एक्सिडेन्टमा त पार्नुहुन्न ?
होइन, त्यस्तो हुँदैन । देश चलाउँदा त फुकी–फुकी पाइला राख्ने हो नि ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij