
May 24 2025 | २०८२, जेठ १० गते
ललितपुर महानगरपालिका–२१, खोकनामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सर्लाही बरथहवा घर भई खोकनामा भाडामा बस्दै आएका ५८ वर्षीय गणेशकुमार कायस्थ गोठ कोठामित्र मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार उनकी श्रीमती केही दिन बाहिर गएकी थिइन् । हिजो मात्रै उनी घर आएकी र ढोका नखुलेपछि झ्यालबाट हेर्दा उनको शव देखेकी हुन् ।
मृतकको शव घरभित्रबाट चुकुुल लगाएकोे अवस्थामा फेला परेकाले घटना शंकास्पद नरहेको प्रहरीको भनाइ छ । कायस्थको शव पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij