Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

घट्ने क्रममा सुनको मूल्य

घट्ने क्रममा सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार छापावाला सुन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख १ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij