
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४, लामीडाँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ का २० वर्षीय गौतम तामाङ रहेका छन । उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका सोही ठाउँका १९ वर्षीय सांगी तामाङको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।
काभ्रेकै जिरो किलोबाट पाँचखालतर्फ आउँदै गरेको बा५ख ३४९४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा८५प ९०१७ नम्बरको मोटरसाइकलाई आज बिहान ठक्कर दिएको थियो । ती दुवै सवारीसाधन र टिपर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij