Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

खोकनाको २० वर्षे योजना समेटिएको पुस्तक सार्वजनिक

खोकनाको २० वर्षे योजना समेटिएको पुस्तक सार्वजनिक

  • ललितपुर । ललितपुर महानगरपालिका– २१ ले ऐतिहासिक खोकनाको २० वर्षे योजना समेटिएको पुस्तक सार्वजनिक गरेको छ । योसँगै महानगरका २९ वडामध्ये गुरुयोजना बनाउने पहिलो वडा पनि २१ नम्बर नै बनेको छ ।

    images
    images
    images

    मंगलबार ललितपुरको बखुन्डोलमा खोकना दुरदृष्टि पुस्तिकाको विमोचन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई हस्तान्तरण गरिएको हो । सो पुस्तकमा वडा नम्बर २१ मा पर्ने खोकना क्षेत्र अबको २० वर्षपछि कस्तो अवस्थामा रहन्छ ? भन्ने खुलाइएको वडाध्यक्ष रविन्द्र महर्जनले जानकारी दिए ।

    images

    पुस्तकका लागि २०७६ देखि काम भएको उनले बताए । सो क्षेत्रका नागरिकसँग छलफल गरेर प्राप्त भएका सुझावलाई विज्ञ टोलीसँग बसेर छलफल गरी योजना निर्माण गरिएको उनको भनाई थियो । महानगरपालिका प्रमुख महर्जनले खोकनाको २० वर्षे गुरुयोजना निर्माण गरेकामा खुशी हुँदै २९ वटै वडालाई सो कार्य तत्काल गर्न निर्देशन दिए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij