Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    योसँगै आज छाापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    हिजो आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij