Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

अवैध रुपमा वन फँडानी गरेको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

अवैध रुपमा वन फँडानी गरेको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

  • काठमाडौँ । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्सी ओली , ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    चौरजहारी नगरपालिका- ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा  मंगलबार डिभिजन वन कार्यालय रुकुम पश्चिमले वडाध्यक्ष तुल्सी ओलीलाई पक्राउ गरेको हो । वडाध्यक्ष ओलीविरुद्ध मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै उजुरी परेको थियो ।

    images

    आरोपी चारै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जनाएका छन् । गत ०७९ वैशाखमा भएको निर्वाचनमा वडाध्यक्ष ओली नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij