
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौँ । धनगढीमा नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले विरोध कार्यक्रम गरेको छ । संघले चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध विरोध कार्यक्रम गरेको हो ।
विरोध र्याली सेती प्रादेशिक अस्पतालदेखि सुरु भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको संघका सचिव डाक्टर कपिल भट्टले बताए । सरकारले चिकित्सकलाई काम गरिरहेको स्थानमा सुरक्षित बनाउनुपर्ने उनीहरूकको माग छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij