Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

घट्दो क्रममा सुनको भाउ

घट्दो क्रममा सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको भाउ घट्नेक्रम जारी छ । तोलामा ८ सय रुपैयाँ घट्दै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदी पनि ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij