काठमाडौं । पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरि राखेको ग १ ख ९६३८ नम्बरको ब स चोरेर चितवन लगेका थिए ।
बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थाल्यो । चितवनस्थित भरतपुर-११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोर पक्राउ परेका छन् । बालकको परिचय प्रहरीले गोप्य राखेको छ ।
उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।