
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । आज(शुक्रबार) सातौ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ ।
यस वर्ष आज ‘महिला अधिकारको सम्मान:आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।
वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चारवटा विशेष प्रस्तावहरु पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij