Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

उपत्यकाको डुबान पर्ने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन

उपत्यकाको डुबान पर्ने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन

  • काठमाडौं । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाको डुबानमा पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

    images
    images
    images

    उपत्यकाको डुबान पर्ने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन 

    images

    सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी र तारकेश्वर इलाकामा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामंगलबाट पेप्सीकोला र धोविखोल करिडोर इलाकामा सशस्त्र प्रहरी परिचालित रहेका छन् ।

    त्यस्तै नं २१ दक्षिणकाली गणबाट महालक्ष्मी कर्मनासा खोला, धापाखेल र नखु इलाका तथा नं २२ गुहेश्वरी गण भक्तपुरबाट चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, नं २४ बाघबैरब गुल्म काठमाडौंबाट टिचिङ्ग इलाकामा सशस्त्र प्रहरी परिचालित भएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij