
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । गत असारमा आएको बाढी पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी फेरी काठमाडौँमा ल्याउने तयरी भएको छ ।
गत असारमा आएको बाढी पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना स्थलको मर्मत भएपछि फेरी काठमाडौंमा पानी ल्याउन परिक्षण गर्न लागिएको हो ।
मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्रधानमन्त्री शेरबहादुर देउवाले पानी परिक्षणका लागि पठाउने भएका हुन् ।
प्रधानमन्त्री देउवाले मंगलबार बिहान सुन्दरीजलमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्ने र दिउसो मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा गएर पानी पठाउने कार्यक्रम भएको जनाइएको छ ।
गत वैशाखमा उद्घाटन भएपछि झन्डै २ महिना परिक्षणका रुपमा मेलम्चीबाट काठमाडौंमा पानी ल्याइएको थियो । यस वर्षको वर्षायामको बाढी पहिरोले आयोजना स्थलमा असर गरेको थियो ।
बाढी र पहिरोको कारण आयोजनास्थललाई माथिल्लो भागदेखि आएको ग्रेग्यानले ढाकेको थियो । आयोजना स्थलमा थुप्रिएको ग्रेग्यान हटाउने र अस्थायी बाँध बनाएपछि पुन काठमाडौंका लागि पठाउन लागिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij