Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

आजबाट हवाई इन्धन ढुवानी बन्द

आजबाट हवाई इन्धन ढुवानी बन्द

  • काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन शुरु गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जारी गरेको विज्ञप्तिमा आजदेखि हवाइ इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।

    images
    images
    images

    २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्याङ्करहरूले पीडीओ नलिने पनि जनाइएको छ । २१ गतेदेखि सम्पूर्ण ट्याङ्करबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।

    हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने महासङ्घको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने समेत महासङ्घद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij