Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

त्रिवि सेवा आयोगको परीक्षा माघ २५ गतेदेखि हुने

त्रिवि सेवा आयोगको परीक्षा माघ २५ गतेदेखि हुने

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सेवा आयोगको परीक्षा माग २५ गतेदेखि हुने भएको छ ।

    images
    images
    images

    आयोगले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुकोको लिखित परीक्षा हुन लागेको हो ।

    आयोगले बिहीवार (आज) एक सूचना जारी गर्दै आगामी माघ २५ बाट फागुन २३ गतेसम्म पदअनुसारको लिखित परीक्षा हुने जनाएको छ ।

    आयोगका अनुसार आवेदन दिएकामध्ये त्रिवि कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०७६ को संशोधनसहित) मा भएको व्यवस्थाअनुसार दरखास्त स्वीकृत भएकाहरू मात्रै परीक्षामा सहभागी हुन पाउने बताइएको छ ।

    आयोगले मंसिरमा सूचना जारी गर्दै २५ भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको थियो ।

    त्यस्तै परीक्षा केन्द्र ईञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस रहेको आयोगले जनाएको छ ।

    आयोगका अनुसार छनोट भएका योग्य उम्मेद्वारको सूची आयोगको वेबसाइट परीक्षाका लागि योग्य उम्मेदवारको सूची www.tuservicecommission.edu.np/ मा प्रकाशित गरिएको आयोगले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij