Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

जनसम्पर्क समिति नर्वेको सभापतिमा मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको सभापतिमा मिश्र निर्वाचित

  • काठमाडौं । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित भएका छन् । हालै सम्पन्न पाँचौँ अधिवेशनमा मिश्र दुई सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् । 

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्द्वी शालिकग्राम अर्यालले एक सय ८६ मत प्राप्त गरेको निर्वाचन अधिकृत नवीन थपलियाले बताए । 

    अधिवेशनमा निर्वाचित भएपछि मिश्रले सबै पक्षलाई समेटेर संगठन अघि बढाउने प्रतिबद्धता जनाए ।

    पाँचौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत चयन भएका छन् । अन्य उपाध्यक्षमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही निर्वाचित भएका छन् । चार उपाध्यक्षको लागि सात जनाको प्रतिस्पर्धा भएको थियो । 

    अधिवेशनमा सुनिल ढुंगाना, इन्द्रकुमार थापा र रोशन अधिकारीले प्रतिस्पर्धा गरेपनि निर्वाचित हुन भने सकेनन् । त्यसैगर महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित भएका छन् । सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेश बाँस्कोटा तथा प्रवक्तामा जगन्नाथ पाण्डेले विजयी भएका छन् ।

    पूर्व सभापति जितेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मिश्रको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिका सदस्यहरूमा घनश्याम तिवारी, नवीन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, सुनिल बास्तोला लगायत छन् । नवनिर्वाचित उपाध्यक्ष रमेश घिमिरेका अनुसार अधिवेशन सम्पन्न गराउनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डे अधिवेशनका लागि नर्वे पुगेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij