Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सगरमाथामा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

सगरमाथामा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

  • काठमाडौं । युवा नेतृत्व,नवप्रवर्तन तथा सहभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको काठमाडौं युथ कन्क्लेभको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ ।

    onlinepatrika
    Arghakhachi

    केवाईसीका अनुसार हजारौं नेपाली युवाको सपना, आकांक्षा र सम्भावनाको प्रतिकका रूपमा रहेको कन्क्लेभको झण्डा सगरमाथाको शिखरसम्म पु–याइएको हो ।

    AGNI GROUP

    यस उपलब्धिलाई नेपाली युवाको ऊर्जा, नेतृत्व क्षमता तथा विश्वमञ्चमा आफ्नो पहिचान स्थापित गर्ने आकांक्षाको प्रतीकात्मक सफलताका रूपमा हेरिएको छ ।

    कन्क्लेभ आयोजकले झण्डा सगरमाथाको चुचुरोसम्म पु–याउन महत्वपूर्ण योगदान पु–याएको एलिट एक्सेडप्रति आभार व्यक्त गरेको छ । आयोजकका अनुसार उक्त अभियानले केबल एउटा झण्डा मात्र नभई नेपाली युवाको आशा, सपना र भावनालाई विश्वकै सर्वोच्च स्थानसम्म पु–याउने कार्य गरेको छ ।

    यसैबीच, आयोजकले आगामी संस्करणको कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुन इच्छुक युवाहरूलाई आवेदन दिन आह्वान गरेको छ । कार्यक्रममा स्वयंसेवक बनेर नेतृत्व विकास,अनुभव आदानप्रदान तथा नयाँ अवसरहरूको खोजी गर्ने अवसर प्राप्त हुने उल्लेख गर्दै युवाहरूलाई अभियानमा जोडिन आग्रह गरिएको छ ।

    आयोजकका अनुसार युवाको सक्रिय सहभागिता र योगदानले कन्क्लेभलाई अझ प्रभावकारी, प्रेरणादायी तथा युवामैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट