Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चौतर्फी विरोधपछि पछि हट्यो सरकार- नाकामा ५०० रूपैयाँसम्मका सामानको भन्सार नलाग्ने

चौतर्फी विरोधपछि पछि हट्यो सरकार- नाकामा ५०० रूपैयाँसम्मका सामानको भन्सार नलाग्ने

  • काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा बढाएको छ । सय रूपैयाँको सीमा बढाएर ५०० रुपैयाँ पुर्‍याएको हो ।

    onlinepatrika
    Arghakhachi

    राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रूपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् ।

    AGNI GROUP

    यसअघि सय रूपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था गरिएको थियो । जसको चर्को विरोध भएको थियो ।

    भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट