Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्ञानेन्द्र शाहीको आक्रोश- देशभरि हार बेहोर्दासम्म नेतृत्व नछाड्ने, विज्ञप्तिको नाटक गर्ने

ज्ञानेन्द्र शाहीको आक्रोश- देशभरि हार बेहोर्दासम्म नेतृत्व नछाड्ने, विज्ञप्तिको नाटक गर्ने

  • काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले पार्टीभित्रको विवादलाई लिएर नेतृत्वसामु चर्को असन्तुष्टि जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री धवलशमसेर राणाले नयाँ पार्टीको तयारी थालेपछि उनले असन्तुष्टि जनाएका हुन्।

    AGNI GROUP

    उनले भनेका छन्, ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौँ। कार्यकर्ताहरू एक अर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन ?’

    पार्टी नेतृत्वको आन्तरिक द्वन्द्व र पदका लागि भइरहेको प्रतिस्पर्धाले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढाएको बताएका छन्। उनले अध्यक्ष लिङ्देनसँग पनि आक्रोश व्यक्त गरेका छन्।

    ‘यतिखेरको समय एक अर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो। तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने रु’ उनले अध्यक्ष लिङ्देनप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिन लिनुपर्ने । पदका लागि यति धेरै हानथाप र अहंकार किन ?’

    उनले नेतृत्व तहका नेताहरूलाई आरोप–प्रत्यारोप र विभाजनको राजनीति त्यागेर एकताका लागि पहल गर्न आग्रह गरेका छन्। पार्टीका नेताहरूको व्यवहारले सङ्गठन मात्र होइन,कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा पनि टुटिरहेको बताए।

    उनले भनेका छन्, ‘नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हो। एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्। अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्। यदि तिमीहरूको हिम्मत र दम छ भने ल म बस्छु तपाईँहरू सँग हामी तीनजना सँगै बसौँ। छलफल गरौँ आउनुहोस् यो होइन भने यो नाटक किन गरिरहेका छौ रु आफैले आफैलाई भलादमी देखाउन ? तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान् पनि वाक्क भइसक्य होलान्।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट