Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र देखिएको नकारात्मक परिस्थितिलाई महाधिवेशनबाट साम्य पारेको बताएका छन् । सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले आन्दोलन भित्रै पनि केही गम्भीर नकारात्मक प्रवृत्ति देखा परेको बताए ।
उनले भने, ‘पार्टी भित्रै पनि नकारात्मक परिस्थिति देखा परे । ती कुराहरूलाई साम्य पार्यौँ हामीले । ती कुराहरूलाई महाधिवेशन गरेर, महाधिवेशनबाट हामीले साम्य पार्यौँ। महाधिवेशनले विधिवत् एउटा फैसला दियो । महाधिवेशनले फैसला दियो, नाराहरू तय भए। तलबाट आएका रिपोर्टहरूलाई आधार मानेर नै परिस्थितिको हामीले आकलन गरेर अघि बढेका हौँ। तलबाट आएका रिपोर्टकै आधारमा हामीले नीतिहरू तयार गरेर अगाडि बढ्यौँ ।’
उनले अघिल्लो असंवैधानिक सरकार कहिल्यै पनि नस्वीकारेको बताए ।
उनले थपे, ‘असंवैधानिक सरकारको अनधिकृत सिफारिसमा प्रतिनिधि सभा जो विघटन गरियो, त्यसलाई हामीले स्विकारेनौँ र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो पार्टीले नीति लियो। जुन नीति बिल्कुल सही थियो । पार्टीभित्रकै पङ्क्तिले के भइरहेको छ भन्ने कुरा अलि राम्ररी, जसरी बुझ्नुपर्ने, त्यो तहमा बुझ्न सकेन।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij