
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि ४०० रुपैयाँले बढेको छ।
बिहीबार सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको ९९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij