
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । चालू खाता २१० अर्ब रूपैयाँले बचतमा रहेको छ । चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म आइपुग्दा चालु खाता २१० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १७९ अर्ब ८३ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड थियो ।
त्यस्तै, यस अवधिमा ८ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) ६ अर्ब ४९ करोड रहेको थियो ।
चैत मसान्तसम्म आइपुग्दा शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij