
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij