Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

काठमाडौं आइपुगिन् यूएसएआईडी प्रमुख सामन्था पावर

काठमाडौं आइपुगिन् यूएसएआईडी प्रमुख सामन्था पावर

  • काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् । पावर दुईदिने भ्रमणका लागि आज बिहान नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    images
    images
    images

    अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएकी हुन् । ​सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो ।

    राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी भोलि फर्किने कार्यक्रम रहेको छ ।

    पावरको यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

    पावर नेपाल बस्दा नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij