
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ६ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार छापावाला सुन प्रतितोला एक लाख ६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदी पनि ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन एक हजार ३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय दश रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij