Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

घट्यो सुनको भाउ, के कतिमा कारोबार ?

घट्यो सुनको भाउ, के कतिमा कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij