
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी भने ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij